प्रहरीले लागु औषध कारोबारीलाई नियन्त्रणमा लिन मोरङमा गोली प्रहार

१ जेठ धनगढी
प्रहरीले लागु औषध कारोबारीलाई नियन्त्रणमा लिन मोरङमा गोली प्रहार गरेको छ।

मंगलबार रतुवामाई नगरपालिका वडा नम्बर ६ कादुपार्डा सडकमा प्रहरीले गोली प्रहार गरी एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको लागु औषध नियन्त्रण ब्युरो प्रमुख एसएसपी गोविन्द थपलियाले जानकारी दिए।

पक्राउ पर्नेमा भारत विहार किसनगन्जका ४८ वर्षीय भागिरथ हरिजन छन्।

लागु औषध कारोबारी आउँदै गरेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो।

‘प्रहरीसँग मुठभेड हुँदा प्रहरीले गोली चलाएको छ,’ एसएसपी थपलियाले भने, ‘उनी मोटरसाइकलमा थिए। प्रहरीले समाउन खोज्दा प्रहरीलाई नै घिसारेका थिए।’

उनलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड गोली प्रहार गरेको हो। उनको दाहिने खुट्टामा चोट लागेको एसएसपी थपलियाले बताए।

उनीबाट प्रहरीले अन्दाजी १५८ खैरो हेरोइन बरामद गरेको छ। प्रहरी सहायक निरीक्षक नवीन शाहीको औंलामा सामान्य चोट लागेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply