एपिएफ लगातार तेस्रो जित निकाल्दै उपाधि नजिक पुगे

२ जेठ धनगढी
सशस्त्र प्रहरी बलको एपिएफ क्लब ललितपुर मेयर्स वुमन्स च्याम्पियनसिपको फाइनलमा पुगेको छ। एपिएफ लगातार तेस्रो जित निकाल्दै उपाधि नजिक पुगेको हो।

बुधबार भएको आफ्नो तेस्रो खेलमा एपिएफले ललितपुर मेयर्स-११ लाई ८ विकेटले पराजित गर्‍यो।

कीर्तिपुरस्थित त्रिवि मैदानमा पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ५ विकेटको क्षतिमा ७१ रन मात्र जोड्न सक्यो।

उसका लागि कप्तान पूजा महतोले २४ रन र ज्योत्स्निका मरासिनीले रिटायर्ड हर्ट हुनुअघि २१ रन बनाए।

बलिङमा एपिएफका रेखा रावल र सीता रानामगरले १-१ विकेट लिए।

७२ रनको लक्ष्य एपिएफले ९.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो। उसक लागि ममता चौधरीले १६ रन र कप्तान सीता रानामगरले ५० रन बनाए।

भोलि सुदूरपश्चिमसँग लिग चरणको अन्तिम खेल खेलेपछि उसले शनिबार फाइनल खेल खेल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply