२१ औँ राष्ट्रिय धान दिवसको लागि नाराको सुझाव संकलन सुरु

३ जेठ धनगढी
बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र २१ औँ राष्ट्रिय धान दिवसको लागि नाराको सुझाव संकलन सुरु गरेको छ । आगामी असार १५ गते मनाइने २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका लागि नाराको सुझाव सङ्कलन सुरु गरेको हो ।

नाराका सम्भावित विषयवस्तुहरू‘जलवायु परिवर्तन र धान उत्पादन प्रविधि’, ‘धानबालीका रैथाने जात र तिनको महत्त्व’, ‘धानबालीमा नवीनतम अनुसन्धान र विकास’ र ‘धानबालीको लागत न्यूनीकरण र उत्पादकत्व वृद्धि’ भन्ने विषयहरू उल्लेख गरेर नाराको सुझाव सङ्कलन गर्दै छ ।

सो विषयहरूबाहेक अन्य विषयहरू पनि समावेश गर्न सकिने केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply