आइसिसी टी-२० विश्वकपको उपाधि भारतले जिते

धनगढी,असार १६
आइसिसी टी-२० विश्वकपको उपाधि भारतले जितेको छ।

शनिबार राति भएको खेलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले टी-२० विश्वकपको उपाधि जितेको हो।

भारतले जारी विश्वकपमा अपराजित रहँदै उपाधि जितेको हो।

१७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ८ विकेट गुमाएर १६९ रन बनाउँदा भारत ७ रनले विजयी भएको हो।

भारतलाई उपाधि जिताउन १६ ‌औं ओभरमा हार्दिक पाण्ड्याले लिएको विकेट महत्वपूर्ण रह्यो।

पाण्ड्याको बलमा हेनरिच क्लासेन रिशभ पन्तबाट क्याच आउट भएपछि दक्षिण अफ्रिकाको जित सम्भावना कमजोर बन्दै गएको थियो।

१७ औं ओभरमा जसप्रित बुमराहले मार्को जनसेनको विकेट लिएपछि दक्षिण अफ्रिका दबाबमा परेको थियो।

१९ औं औभरको पहिलो बलमा डेविड मिलर आउट भएपछि भने खेल भारतको पक्षमा पुगेको थियो।

पाण्ड्याले अन्तिम ओभरको पाचौं बलमा कगिशो रबाडालाई आउट गरेपछि भारतको जित सुनिश्चित भएको थियो।

दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले अर्धशतक हाने। उनले २७ बलमा २ चौका र पाँच छक्का हानेर ५२ रन बनाए।

क्वीन्टन डीककले ३१ बलमा ४ चौका र १ छक्का हानेर ३९ रन बनाए।

ट्रिस्टन स्टब्सले २१ बलमा ३ चौका र १ छक्का हानेर ३१ रन जोडे।

डेविड मिलरले १७ बलमा १ चौका र १ छक्का हानेर २१ रनको योगदान गरे।

भारतविरूद्ध ओपनर रिजा हेन्ड्रिक्स ४ रनमा, कप्तान एडिन मार्क्रम ४ रनमा, मार्को जनसर्न २ रनमा, केशव महाराज २ रनमा र कगिशो रबाडा ४ रनमा आउट भए।

बलिङतर्फ हार्दीक पाण्ड्याले ३ विकेट लिए। अर्शदीप सिंह र जसप्रित बुमराहले २/२ तथा अक्षर पटेलले १ विकेट लिए।

बार्बाडोसस्थित केन्सिंग्टन ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ७ विकेट गुमाएर १७६ रन बनाएको हो।

फाइनल खेलमा ओपनर विराट कोहलीले ७६ रन बनाए। उनले ५९ बल खेलेर ६ चौका र २ छक्का हाने।

अक्षर पटेलले ३१ बलमा १ चौका र ४ छक्का हानेर ४७ रन बनाए।

शिवम् दुबेले १६ बलमा ३ चौका र १ छक्का हानेर २७ रन जोडे।

फाइनल खेलमा कप्तान तथा ओपनर रोहित शर्मा ९ रनमा, सूर्यकुमार यादव ३ रनमा, रविन्द्र जडेजा २ रनमा र रिशभ पन्त शून्यमा आउट भए।

बलिङतर्फ एनरिच नोर्किया र केशव महाराजले २/२ तथा मार्को जनसेन र कगिशो राबाडाले १ विकेट लिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply