जंगलबाट ल्याएको च्याउ खाँदा ससुरा, बुहारी गम्भीर बिरामी

धनगढी असार २९
दाङमा जंगलबाट ल्याएको च्याउ खाँदा ससुरा, बुहारी गम्भीर बिरामी परेका छन्।

जंगली च्याउ खाँदा शान्तिनगर गाउँपालिका – २ अमुवाका २६ वर्षीया मिना न्यौंपाने र उनका ससुरा ४५ वर्षीय ज्ञानु जैसी न्यौंपाने गम्भीर बिरामी परेका छन्।

उनीहरुले शुक्रबार बेलुका पौने ६ बजेतिर स्थानीय जंगलबाट खोजेर घरमा ल्याएको च्याउ खाएपछि गम्भीर बिरामी परेका हुन्।

ससुरा बुहारीलाई शुक्रबार बेलुका नै तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि ल्याइएको थियो।

त्यहाँ उपचार संभव नभएपछि उनीहरुलाई तुलसीपुरकै राप्ती लाइभ कियर हस्पिटलमा राखेर उपचार भइरहेको छ। शनिबार बिहानसम्म बुहारीको होस खुलेपनि अझैं ससुराको अवस्था अचेत नै रहेको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक प्रकाश थापाले प्रहरी प्रशासनले सार्वजनिक रुपमै आफूले नचिनेको र जंगलबाट ल्याएको च्याउ नखान आग्रह गर्दै आएको भएपनि त्यसको बेवास्ता गर्दा समस्या भइरहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply