कैलालीको गोदावरीमा पुलबाट हाम फालेका एक पुरुषको मृत्यु

धनगढी साउन १
कैलालीको गोदावरीमा पुलबाट हाम फालेका एक पुरुषको मृत्यु भएको छ । सोमबार राती साढे ११ बजे गोदावरी नगरपालिका – ८ स्याउले स्थित खुटिया नदीको पुलबाट हाम फाल्दा स्थानीय ५५ वर्षीय जोक्कर बहादुर गुरुङको मृत्यु भएको हो ।

पुलबाट हाम फालेर गम्भीर घाइते भएका गुरुङको सेती सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । उनलाई डाक्टरले राती साढे १२ बजे मृत घोषणा गरेका थिए ।
घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply