भूकम्प पीडित बसेको अस्थायी टहरामा पहिरो खस्दा चार जना घाइते

धनगढी साउन २
भूकम्प पीडित बसेको अस्थायी टहरामा पहिरो खस्दा चार जना घाइते

पहिरोमा परी घाइते भएकालाई उपचारका लागि लगिँदै।पहिरोमा परी घाइते भएकालाई उपचारका लागि लगिँदै।

भूकम्प पीडित बसेको अस्थायी टहरामाथि पहिरो खस्दा जाजरकोटमा चार जना घाइते भएका छन्।

कुशे गाउँपालिका–८ दल्लेनाका दलसरी थापा र विष्णु थापाको अस्थायी टहरामा माथिबाट पहिरो खसेको हो।

गएराति ८ बजे उक्त घटना भएको जाजरकोटका प्रहरी प्रमुख डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए।

उक्त घटनामा चार जना घाइते भएका छन्। सोही ठाउँका २९ वर्षीया कमला थापा, ३५ वर्षीया दलसरी थापा, उनकी ४ वर्षीया छोरी हस्तिका र १७ वर्षीया छोरी निरमाया घाइते भएका हुन्।

हस्तिकालाई पहिरोमा पुरिएर बेहोस अवस्थामा बाहिर निकालिएको डिएसपी पाण्डेले बताए।

घाइतेको उद्धारका लागि सुर्खेतबाट हेलिकप्टर गएको उनले जानकारी दिए। गम्भीर घाइते भएकाहरूलाई हेलिकप्टरमार्फत सुर्खेत लगिने उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply