मोटरसाईकल दुर्घटनामा परेर दुई भारतीय युवकको मृत्यु, एक घाईते

धनगढी साउन २
मोटरसाईकल दुर्घटनामा परेर दुई भारतीय नागरिक कञ्चनपुरको महेन्द्रनगर र दोधारचाँदनीमा मृत्यु भएको छ । मंगलबार मोटरसाईकल दुर्घटनामा परेर घाईते भएका दुई भारतीय युवाको उपचारका क्रममा महाकाली अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार यूके०३ए९०३४नम्बरको मोटरसाईकलमा सवार चम्पावत मिन बजार बनबासाका अन्दाजी ३० बर्षिया चाँद पुरैसी सिँचाई कार्यालय क्षेत्रमा छाडा पशु चौपायासंग ठोकिदा घाईते भएको र उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ ।

सोही दिन दोधाराचाँदनी नगरपालिका ४चाँदनी क्षेत्रमा यूके ०६बिएच ४८७५नम्बरको मोटरसाईकलमा सवार दुई भारतीय युवा मध्ये अन्दाजी ३५ बर्षियको घाईते भए चाँदनी अस्पतालमा मृत्यु भएको र अर्का घाईतेको महाकाली अस्पतालमा उपचार भईरहेको छ । घाईते र मृत्यु दुवैको नाम नखुलेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply