बैद्य र कञ्चनविचको एकता फुट्यो नेकपा बहुमत कञ्चनपुरको ब्यूतियो

धनगढी साउन ३
तत्तकालिन मोहन बैद्य(किरण) नेतृत्वको नेकपा क्रान्तिकारी(माओवादी) र धर्मेन्द्र बास्तोला(कञ्चन) नेतृत्वको नेकपा बहुमतविचको एकता फुटेको छ ।

नेकपा बहुमत र बैद्यविचको एकता फुटसंगै कञ्चनपुरमा नेकपा बहुमत ब्यूतिएको जनाएको छ ।

नेकपा बहुमत कञ्चनपुरका संयोजक नक्सालले बिहीबार एक प्रेस विज्ञप्ती जारी गर्दै मोहन बैद्यको कार्यदिशासंग पुर्ण रुपमा असहमती राख्दै तत्तकालिन नेकपा बहुमत र बैद्यविचको एकता भङगर्दै आजैका मितिदेखि नेकपा बहुमत कञ्चनपुर ब्यूतिएको घोषणा गरिएको छ ।

यसरी माओवादी मुल धार तर्फका पाटीहरु टुटफुट हुँदै आएपछि एकातिर जनतामा निरास अर्कातिर स्वयम नेपालको कम्युनिष्ट आन्दोलन कमजोर हुँदै आएको जनता स्तरमा चिन्ता व्यक्त गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply