विवाहको चार वर्षपछि हार्दिक पाण्ड्या र नतासा भए अलग

धनगढी साउन ४
भारतीय क्रिकेट टोलीका अलराउन्डर हार्दिक पाण्ड्याले बिहीबार आफ्नो सामाजिक सञ्जालमार्फत् नतासा स्टान्कोभिकसँग सम्बन्ध बिच्छेद गरेको बताएका छन्। उनीहरूले २०२० मा विवाह गरेका थिए।

‘चार वर्ष सँगै बसेपछि नतासा र मैले आपसी बाटो अलग गर्ने निर्णय गरेका छौं। हामीले सँगै रहन सक्दो प्रयास गर्‍यौं। विश्वास गर्छौं कि यो निर्णय हामी दुवैको लागि हितमा छ। यो हाम्रो लागि कठिन निर्णय थियो,’ पाण्ड्याले आफ्नो इन्स्टाग्राममा लेखेका छन्।

उनले छोराका लागि दुवै जना राम्रो अभिभावक बन्ने पनि बताएका छन्। सर्वियन मोडल नतासा र पाण्ड्याबीच २०२० को मेमा विवाह भएको थियो। उनीहरुको तीन वर्षको छोरा छन्।

उनीहरूको सन् २०१८ मा साथीमार्फत् भेट भएको थियो र त्यसपछि डेटिङ सुरु भएको थियो।

गत मेमा उनीहरुको वैवाहिक जीवनमा समस्याको आएको अड्कलबाजी सुरु भएको थियो। जब नतासाले आफ्नो इन्स्टाग्राम ह्यान्डलबाट ‘पाण्ड्या’ थर हटाएकी थिइन्। आइपिएल २०२४ मा नतासा पाण्ड्याको कुनै पनि खेलमा उपस्थित भएकी थिइनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply