नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार रुपैयाँ घटे

धनगढी साउन ४
नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख ४९ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार घटेर तोलामा १ लाख ४७ हजार ५०० रुपैयाँ कायम भएको हो ।

यस्तै तेजाबी सुन तोलामा १ लाख ४६ हजार ८०० रुपैयाँ कायम भएको छ ।

यसैबीच चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन तोलामा १ हजार ८६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार घटेर १ हजार ८३० रुपैयाँमा कारोबार भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply