मुस्ताङमा ढिस्कोले पुरिएर २ मजदुरको मृत्यु

धनगढी साउन ४
मुस्ताङमा ढिस्कोले पुरिएर २ मजदुरको मृत्यु भएको छ । घरपझोङ गाउँपालिका ५ ढुम्बामा गुम्बाको नाला खन्ने क्रममा शुक्रबार अचानक ढिस्को झरेर उनीहरू पुरिएका थिए ।

मृत्यु हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका १५ का २३ वर्षीय होमबहादुर बुढाथोकी र दाङको गढवा गाउँपालिका १ घर भएका २३ वर्षकै रवि दर्लामी छन् । उनीहरूको घटनास्थलमै मृत्यु भएको मुस्ताङ प्रहरी प्रमुख डीएसपी भोजराज पाण्डेले जानकारी दिए ।

दुवै शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply