पोखरामा पौडी खेल्नेक्रममा डुबेर दुई जनाको मृत्यु

धनगढी साउन ४
पोखरामा पौडी खेल्नेक्रममा डुबेर दुई जनाको मृत्यु भएको छ।

शुक्रबार पोखरा महानगरपालिका-२३ घाँटीछिनास्थित हर्पन खोलामा पोडी खेल्नेक्रममा दुई जनाको मृत्यु भएको सशस्त्र प्रहरी बलका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

पोखरा महानगरपालिका-१ मोहरिया टोल बस्ने १८ वर्षीय प्रकृत बुद्धचार्य र पोखरा महानगरपालिका-२ बाग्लुङ बसपार्क बस्ने १८ वर्षीय स्वयम ताम्राकार पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए।

बेपत्ता भएको खबर पाएपछि सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट गोताखोरसहितको टोलीले दुबै जनाको शव निकालेको डिएसपी थापाले बताए।

फेला परेका दुवै जनाको शव पोष्टमर्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठन पठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply