महाकाली किनारबाट एक बालिका बेपत्ता

धनगढी साउन ४
महाकाली किनारबाट एक बालिका बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा बैतडीको पञ्चेश्वर गाउँपालिका २ डिम्बरकी १४ वर्षीया ममता मंगोला रहेकी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिनुभयो । बाख्रा चराउन भनि घरबाट नजिकै रहेको महाकाली नदी किनार गएकी ममता बेपत्ता भएकी हुन् । ममता बिहीबारदेखि बेपत्ता भएकी भएपनि घरपरिवारले प्रहरीलाई भने आज बिहान मात्रै खबर गरेको हो । बालिका महाकाली नदीमा बगेकी हुनसक्ने अनुमानका साथ खोजी कार्य भइरहेको छ ।

बेपत्ता ममताको खोजी कार्यका साथै थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply