यो वर्षको मनसुन अवधिमा विपत्तिमा परेर आजसम्म १२८ जनाको मृत्यु

धनगढीः साउन ५
यो वर्षको मनसुन अवधिमा विपत्तिमा परेर आजसम्म १२८ जनाको मृत्यु भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार मनसुन सुरु भएको दिन गत जेठ २८ गतेदेखि आजसम्म ४२ दिनको अवधिमा अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्परी आज दिउँसोसम्म १२८ जनाको मृत्यु र १४३ जना घाइते भएका छन् ।

प्रहरीको केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार बाढी, पहिरोलगायत विपदमा परी काठमाडौँ उपत्यकामा २, कोशी प्रदेशमा २२, मधेस प्रदेशमा ५, बागमती प्रदेशमा २२, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा ७ र सुदूरपश्चिम प्रदेशमा ९ जनाको ज्यान गएको छ।

बाढीका कारण १८२ घर डुबानमा परेका तथा २२८ वटा घर, ८३ वटा गोठ, ४३ वटा पुल, एक विद्यालय र दुईवटा सरकारी कार्यालयमा क्षति पुगेको छ ।

विपद्मा परी ५८९ वटा पशुचौपाया मारिएका छन्।

उक्त अवधिमा विपद्का घटनाबाट तीन हजार ७७९ घरपरिवार विस्थापित भएको प्रवक्ता कार्कीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply