मकैबारीमा मृत भेटियो एक सिंगे गैंडा

धनगढीः साउन ८
भरतपुर महानगरपालिकाको वडा नम्बर २६ भगडीस्थित मकैबारीमा एक सिंगे गैंडा मृत भेटिएको छ। चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले गैंडा बुढो भएर मरेको जस्तो देखिएको बताए।

यो ठाउँ निकुञ्जको कालाबञ्जर उपभोक्ता समितिको क्षेत्र नजिक पर्छ।

मकैबारीमा ढलेको अवस्थामा गैंडा भेटिएको सूचना पाएपछि निकुञ्जको टोली उक्त स्थानमा पुगेको तिवारीले बताए। ‘मृत पोथी गैंडाको खाग, खुर सुरक्षित छन्। शरीरमा चोट देखिएको छैन,’ उनले भने, ‘के कारणले मरेको हो भन्ने कुरा पोष्टमार्टम गरेपछि थाहा हुन्छ।’

यो आर्थिक वर्ष २०८१/०८२ को पहिलो मृत गैंडा हो। गत आर्थिक वर्षमा चितवन निकुञ्जमा २१ वटा गैंडा मरेका थिए। तीमध्ये २ वटा सिकारीले मारेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply