६ वटा उद्योगमा काटिएको लाइन आजै साँझदेखि जोड्ने निर्णय

धनगढीः साउन ८
विभिन्न ६ वटा उद्योगमा काटिएको लाइन आजै साँझदेखि जोडिने भएको छ ।

डेडिकेटेट र ट्रकं लाइनको प्रिमियम महशुल वक्यौता असुल उपर गर्ने सम्बन्धमा नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । ‘लाईन काटिएका छ वटा उद्योगहरुको विद्युत मंगलबार साँझबाट क्रमिक रुपमा जडान गरिनेछ’, निर्णयमा उल्लेख छ ।

तीन महिनाभित्र उद्योगीहरुको बक्यौता विद्युत महशुल भुक्तानी नगरेमा पुनः वक्यौता असुल उपर गर्न कारवाही अगाडि बढाउने गरी हाललाई उद्योगहरुको विद्युत लाईन जोडने निर्णय भएको प्राधिकरणको भनाइ छ ।

प्रचण्ड नेतृत्वको सरकार हुँदा प्राधिकरणले बक्यौता नतिर्ने उद्योगहरुको लाइन काट्न सुरु गरेको थियो । तर, सरकार परिवर्तन सँगै प्रधानमन्त्री केपी शर्मा ओलीले लाइन जोड्न निर्देशन दिएका थिए । लगत्तै आयोगले पत्राचार गरेपछि प्राधिकरण पूर्ववत् निर्णयबाट ब्याक हुन बाध्य भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply