धनगढी र अत्तरियाका ५ घरभित्र सर्प पस्यो, नगर प्रहरीले समात्यो कोब्रा

धनगढीः साउन ९
कैलालीको धनगढी र अत्तरियाका पाँचवटा घरभित्र सर्प पसेको छ। घरभित्र सर्प पसेको खबर स्थानीयले धनगढी नगर प्रहरीलाई खबर गरेपछि ती पाँचवटै घरबाट सर्पको उद्दार गरिएको छ।

हिजो (मंगलबार) धनगढी उपमहानगरपालिका–६ कमल बमको घरबाट नगर प्रहरीले कोब्रा नामक सर्पको उद्दार गरेको छ। हिजो नै धनगढी उपमहानगरपालिका–१८ ‘ए’ गाउँका नन्द बाजेको घरभित्र पनि सर्प पसेको थियो। घरभित्र सर्प पसेको खबर नगर प्रहरीलाई गरिएपछि कोब्रा सर्प समातेर सुरक्षित स्थानमा छोडिएको छ।

त्यस्तै सोमबार राति १ः१५ बजे धनगढी उपमहानगरपालिका–३ मा रहेको इन्देणी दोहोरी साँझको किचनमा सर्प पसेको थियो। धनगढी नगर प्रहरीले कोब्रा सर्पको किचनबाट उद्दार गरेर सुरक्षित स्थानमा लगेर छोडेको छ। उता गोदावरी नगरपालिकाबाट पनि धनगढी नगर प्रहरीले सर्प समातेको छ।

गोदावरी नगरपालिका–१ अत्तरियाका अनुप चौधरीको घरको कोठाभित्र सर्प पसेको थियो। धनगढीबाट गएको नगर प्रहरीको टोलीले ब्लाक कोब्रा सर्पको उद्दार गरेको छ। यसअघि पनि गोदावरीका २ स्थानबाट नगर प्रहरीले सर्पको उद्दार गरेको थियो। शनिबार धनगढी उपमहानगरपालिका–१२ डाडा गाउँ जुगेडाका जयबहादुर बिस्टको घरभित्र सर्प पसेको थियो। घरभित्र पसेका दुईवटा धामम सर्पको नगर प्रहरीले उद्दार गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply