एसइईमा निल भएको पुनर्वासको बालबागेश्वरी माविमा शिक्षक भर्नामा विवाद चुलियो

धनगढीः साउन ९
कञ्चनपुरको पुनर्वास नगरपालिकामा रहेको एक सामुदायिक विद्यालयमा शिक्षक भर्नामा विवाद चुलिएको छ । पुनर्वास नगरपालिका ७ बुद्धबस्तीको बाल बागेश्वरी माध्यामिक विद्यालयमा शिक्षक भर्नामा विवाद चुलिएको हो ।

चालु शैक्षिक सत्र ०८१मा निम्न माध्यामिक तह नेपाली विषयको राहत शिक्षक भर्नामा आफुले चाहेका उम्मेदवार भर्ना गराउने होडबाजीले विद्यालय व्यवस्थापन र प्रशासनविच स्वार्थ बाँझिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक तामाङ्गले आफु अनुकुल प्रतिस्पर्धी उर्तिण हुन नसकेको अवस्थामा नोटअफ सिडेन्ट लेखेपछि विवाद चुलिएको हो ।

प्रथम खण्डमा १०मध्ये २ मात्रै उम्मेदबार उर्तिण भएका थिए । २उम्मेदवारले दोस्रो खण्डको परीक्षा दिएका थिए । गाँउमा विवाद भएपछि शिक्षा विकास तथा समन्वय इकाई केन्द्र कञ्चनपुरमा प्रशनपत्र जाँच गरिएको थियो ।

शिक्षा विकास तथा समन्वय इकाई केन्द्र स्रोतका अनुसार दोस्रो खण्डको लिखित परीक्षामा सफल उम्मेदवारमा असमती जनाएर अध्यक्ष तामाङ्गले बिरोध गरेका थिए । स्रोतका अनुसार चन्द्रावर्ती शर्मा र ईश्वरी जोशी दोस्रो लिखित परीक्षामा सहभागि भएका थिए । शर्मा उर्तिण भएपछि अध्यक्ष तामाङ्ग बिरोधमा उत्रिएका थिए । अन्य प्रथम खण्डको परीक्षामै अनुर्तिण भएका प्रशिक्षार्थीहरुले शुरुवाती चरणदेखि विद्यालयले शिक्षक भर्नामा चलखेल गर्न खोजेको आरोप लगाएका छन ।

शिक्षक भर्नामा राम्रो नभई आफ्नो शिक्षक भर्ना गर्न प्रवृति किचलो भएकाले त्यही भएर गत शैक्षिक सत्र ०८० मा संचालन भएको माध्यामिक शिक्षा परीक्षा(एसइई)मा समेत विद्यालय निल गएको छ । शिक्षक भर्नामा आर्थिकदेखि निकट व्यक्ति राख्ने प्रपञ्च रचिएको भन्दै अहिलेसम्मको भर्ना प्रकृया रद्द गरेर पुन भर्ना खोल्नुपर्ने शुरुवाती आवेदकहरुले माग अघि सारेका छन ।

बाल बागेश्वरी माध्यामिक विद्यालयका अध्यक्ष दिपक तामाङ्गले दोस्रो खण्डको परीक्षाको नतिजालाई लिएर आफुले कुनै सहमती नगरेको दावि गरेका छन । अध्यक्ष तामाङ्गले दुवै उम्मेदवार उर्तिण भएको बताए । ‘मेरो केही स्वार्थपनि छैन, चाहे अनुरुप उम्मेदवार उर्तिण गराउन मैले दवाव पनि गरेको छैन, ‘उनले भने, ‘बिरोध पनि छैन, दुवै उम्मेदवार उर्तिण भईसके कुरो मिलिसक्यो ।

शिक्षक भर्नाको विषयमा थप जानकारीका लागि पटक पटक प्रअ बेद बहादुर तामाङ्गको ९८०६४९१२३४नम्बरमा पटक पटक सम्र्पक गर्न खोज्दा सम्पर्क हुन सकेन । यसरी सामुदायिक विद्यालयमा शिक्षक भर्नाका लागि स्वार्थ देखिएपछि शैक्षिक गुणस्तर खस्किदै गएको भन्दै अभिभावकले आफ्नो मान्छे, हाईने राम्रो विद्यार्थी र विद्यालयको भविष्य सुधार गर्ने शिक्षक भर्ना गर्न सुझाव दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply