एसइईमा उत्कृष्ट नतिजा ल्याउने ईन्टरनेशनका विद्यार्थीलाई पुरस्कार

धनगढीः साउन ११
कञ्चनपुरको एक संस्थागत(निजी) विद्यालयले माध्यामिक शिक्षा परीक्षा

(एसइई)मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार वितरण गरेको छ । भीमदत्त नगरपालिका ३ महेन्द्रनगरमा रहेको ईन्टरनेशनल पब्लिक सेकेण्ड्री स्कुलले एसइई)मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी नगद पुरस्कार वितरण गरेको हो । राष्ट्रिय परीक्षा बोर्डले गत शैक्षिक सत्र ०८० मा संचालन गरेको एसइई परीक्षामा उत्कृष्ट जिपिए ल्याएर उर्तिण भएका विद्यार्थीलाई विद्यालयले नगद पुरस्कार वितरण गरेको जनाएको छ ।

शुक्रबार एक कार्यक्रमका विच ईन्टरनेशनल पब्लिक सेकेण्ड्री स्कुल संचालक समितिका अध्यक्ष गौराज बहादुर लिम्बुले विद्यार्थीलाई उत्प्रेरणा प्रदान गर्नका लागि नगद पुरस्कार सहित सम्मान गरिएको बताए । ईन्टरनेशनल पब्लिक सेकेण्ड्री स्कुल संचालक समितिका अध्यक्ष लिम्बुले ९ विद्यार्थीलाई नगद सहित प्रमाण पत्र दोसल्ला ओढाएर सम्मान गरिएको बताए ।

उनका अनुसार चार जिपिए ल्याउने सोमित कार्की सहित ३.९० देखि ३.९५ सम्म जिपिएर ल्याउने अनुपम जोशी, सुदिक्षा भट्ट र ३.८० देखि ३.९५ जिपिए ल्याउने नैतिक बैज, सुदिक्षा बोहरा, सृजल पनेरु, सन्तोष भट्ट, अशोक खडका, र अच्युत पन्तलाई पुरस्कार वितरण गरिएको छ ।

चार जिपिए ल्याउने कार्की नगद ५० हजार, ३.९०देखि ३.९५ सम्म जिपिएर ल्याउने जोशी र भट्टलाई नगद १० हजार र बाँकी ६ विद्यार्थीलाई नगद ५ हजारका दरले पुरस्कार प्रदान गरिएको छ । अध्यक्ष लिम्बुले यस अघि नै चार जिपिए ल्याउने विद्यार्थीलाई नगद ५० हजार धनराशी सहितको पुरस्कार घोषणा गरिएको बताए । उनका अनुसार ईन्टरनेशल स्कुलबाट गत शैक्षिक सत्र ०८०मा ए प्लस ३२, ए ५६, बिप्लस ३५ र बि १ गरी १सय २४विद्यार्थी उर्तिण भएका छन ।

०५३सालमा स्थापना भएको विद्यालयले ०५६देखि ०८०सम्म नियमित एसईईमा सहभागि भएर झण्डै साढे तीन हजार बढि विद्यार्थीलाई उत्कृष्ट स्थानका साथ कक्षा १०उर्तिण गराउन सफल भएको बताए । ‘०६२ सालको एसएलसी परीक्षामा हाम्रै विद्यालयबाट सुबास लामिछानेले नेपालमै तेस्रो स्थान ल्याउन सफल भएका थिए, ‘उनले भने, ‘सातौँ पटक क्षेत्रीय विद्यालय शिल्ड पुरस्कार पाउन सफल भएका छौँ ।’ ईन्टरनेशल स्कुलका प्रिन्सिपल राजेन्द्र प्रशाद भट्टले विद्यालयले डाईनामिक रुपमा शैक्षिक गुणस्तर बृद्धि गर्दै आएको सफलता निरन्तर अघि बढाउने प्रतिबद्धता जाहेर गरेका छन । प्रिन्सिपल भट्टलाई विद्यार्थी उर्तिण मात्रै नभई नैतिक, कर्तव्यवान, जिम्मेबारी नागरिक उत्पादनमा विद्यालयले हर प्रयास गर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा हेमराज पन्तले प्रदेशमै अब्बल रहेको विद्यालयले आगामी दिनमा समेत थप शैक्षिक गुणस्तर बृद्धिमा जोडदिनुपर्ने सुझाव दिए । सुदूरपश्चिम विश्वविद्यालयका निर्वतमान उपकुलपति प्राडा अम्मराज जोशीले शिक्षा नै मानिसको जिवन भएकाले विद्यालयले विद्यार्थीको उज्जल भविष्यका क्षेत्रमा काम गरिरहेको बताए ।

बरिष्ठ पत्रकार चित्राङ्ग थापाले विद्यालयको निरन्तर सफलता नै चुनौती भएकाले आगामी दिनमा पनि विद्यालयले चुनौती चिर्दै शैक्षिक गुणस्तर मुलमन्त्र अनुरुप अघि बढ्न सुझाव दिए । सुदूरपश्चिम प्रदेशमै चार जिपिए ल्याउने ६ मध्येका ईन्टरनेशलका उत्कृष्ट विद्यार्थी सोमित कार्कीले विद्यालयले विद्यार्थीलाई गरेकोे सम्मान पुरस्कारले थप उत्साहत थपिदिएको बताए । उनले विद्यालय, घर परिवार, शिक्षक र स्वयम आफैले गर्ने मेहनतको कदर हुने भएकाले आगामी पुस्ताका विद्यार्थीले समेत अनुशासित भएर अध्ययनमा मात्रै ध्यान केन्द्रीत हुनुपर्ने धारणा राखेका छन ।

कार्यक्रममा सरकारले ०८० मा राष्ट्रिय शिक्षा पुरस्कार घोषणा गरिएका अब्बल गणितका शिक्षक नागेन्द्र प्रशाद कलौनीलाई समेत दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिलाध्वज बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा सुप विश्वविद्यालयका उपकुलपति प्राडा.हेमराज पन्त, निर्वतमान उपकुपति प्राडा अम्मराज जोशी सहित त्रिभुवन विश्वविद्यालयका प्राडाद्वय आनन्द शर्मा, फर्णिन्द्र उपाध्याय, भीमदत्त नगरका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बम, बरिष्ठ पत्रकार चित्राङ्ग थापा, विद्यालय संचालक समितिका अध्यक्ष गौराज बहादुर लिम्बु, सदस्य गणेश बोहरा, हरि प्रशाद भट्ट, गौरब थापा, कृष्णराज जोशी, चेतना थापा, मन्जु भट्ट(जोशी), नागेन्द्र प्रशाद कलौनी, अभिभावक, विद्यार्थी, शिक्षक सहितका सरोकारवालाको उपस्थिति रहेको कार्यक्रममा सृष्टी भट्टले स्वागत मन्तव्य राखेकी थिईन भने,शिक्षक कृष्णराज जोशीले संचालन गरेका थिए ।

कञ्चनपुरमा ८३निजी, ११७ सरकारी गरेर २सय विद्यालयका १० हजार ३३५विद्यार्थी मध्ये ४ हजार ३४३विद्यार्थी मात्रै उर्तिण भएका छन । भने ९ सामुदायिक विद्यालयका २सय४० सहित ५ हजार ९९२विद्यार्थी फेल भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply