वन अतिक्रमण गरी बनाइएको घरमा डोजर

धनगढीः साउन १२
सिराहामा राजनीतिक संरक्षणमा वन अतिक्रमण गरेर व्यक्तिले बनाएको घर टहरा वन कार्यालयले भत्काएको छ । सिराहाको नरहा गाउँपालिका ३ जोवहा प्राकृतिक सामुदायिक वन क्षेत्रको दुई हेक्टर जमिन अतिक्रमण गरी बनाएको घर तथा टहराहरु डिभिजन वन कार्यालय लहानले आज भत्काएको हो ।

राजनीतिक संरक्षणमा वर्षौदेखि वनको जग्गा अतिक्रमण गरेर मदिरा पसल सञ्चालन गर्दै आएका पाँच परिवारका पक्की तथा खरका घरहरू कानुनबमोजिम भत्काइएको डिभिजन वन कार्यालय सिराहाका प्रमुख अधिकृत सुजीतकुमार झाले जानकारी दिए ।

वन कर्मचारी सामुदायिक वनका पदाधिकारी र अन्य सुरक्षाकर्मीको सहयोगमा घर खाली गराउने र डोजर लगाएर भत्काउने काम भएको वन अधिकृत झाले बताए ।

वन कार्यालयले पटक पटक जमिन खाली गराउन लिखित जानकारी गराउँदा पनि अटेरी गरेपछि आज बल प्रयोग गर्नु परेको प्रमुख झाको कथन थियो । वन कार्यालयको मुख्य जिम्मेवारी नै वन संरक्षण गर्नु भएको बताउँदै झाले सोही कार्य अनुसार आज अतिक्रमित जमिन खाली गराएको बताए ।

वन समिति र वन कार्यालयले दशकौँ देखि जमिन खाली गराउने प्रयास गरेको भएपनि सकिरहेको थिएन । यो पटक वन कार्यालय, सामुदायिक वन, स्थानीय र प्रदेश सरकारको सक्रियतामा जमिन खाली गराइएको हो ।

प्रमुख झाले मारुती सिमेन्ट उद्योग र सौर्या सिमेन्ट उद्योगले अतिक्रमण गरेको जमिनको विषयमा पनि प्रक्रिया अगाडि बढिरहेको जानकारी दिए । जिल्लामा २७ हजार ९ सय ७ हेक्टर वन क्षेत्र रहेको छ । हाल सिराहामा राजनीतिक संरक्षणमा ४ हजार हेक्टरभन्दा बढी जमिन अतिक्रमणमा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply