नोभा हस्पिटलबाट उठेन नसिभको शव

धनगढीः साउन १२
कैलालीको धनगढीस्थित नोभा हस्पिटलमा उपचारका क्रममा मृत्यु भएका कञ्चनपुरको बेलौरी नगरपालिका–२ का नसिभ चौधरीको शव २ दिनदेखि अस्पतालमै रहेको छ।

आफन्तले उपचारमा संलग्न चिकित्सकलाई कारबाही र पीडित परिवारलाई क्षतिपुर्ति नदिएसम्म शव नउठाउने अडान लिएपछि २ दिनदेखि शव नोभा हस्पिटलको आईसीयु कक्षमा राखिएको छ। पीडितका आफन्त र अस्पताल प्रशासनबिच शनिबार पटक–पटक छलफल र वार्ता भएपनि सहमति हुन सकेको छैन। जन्डीसको बिरामी भएर साउन ७ गते नोभा हस्पिटलमा भर्ना भएका नसिभ चौधरीको शुक्रबार अपरान्ह मृत्यु भएको थियो।

मृतकका आफन्तले उपचारमा संलग्न फिजिसियन डाक्टर रामचन्द्र पौडेलले लापरबाही गरेकाले उनीमाथि कारबाहीको माग गरेका छन्। अस्पतालका सूचना अधिकारी पदमराज भट्टले भने अस्पतालले उपचारमा कुनै लापरबाही नगरेको बताउँदै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply