धनगढीः साउन १९
कैलालीको धनगढीमा कुकुरमा रेबिज आउटब्रेक भएको छ। केही दिनदेखि धनगढी–१३ राजपुर क्षेत्रमा छाडा कुकुरले पशु र मानिसहरुलाई टोक्दै हिँडेकोमा शुक्रवार उक्त कुकुर मरेको फेला परेको छ।
स्थानीयको खबरका आधारमा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीको टोलीले मरेको स्यालको रेबिज परीक्षण गर्दा संक्रमण पुष्टि भएको प्रयोगशाला प्रमुख डाक्टर नरेशप्रसाद जोशीले बताए। डाक्टर जोशीले कुनै पनि कुकुरले टोकेमा तुरुन्त १०–१५ मिनेट साबुन पानीले घाउ धोइ अस्पतालमा सम्पर्क गर्न सुझाव दिएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1