दिब्या ठकुरी
धनगढी : भूमिपतिबाट जमिनदार, ठूला, साना र श्रमिक हुँदै अहिले हामी ‘झोले किसान’ को युगमा अवतरण गरेका छौं । यो अवतरणसँगै कृषि कर्म बतासिएको छ । त्यसमाथि औद्योगिक विकासको बाहिरी चमकधमकलाई विकासको मानक बनाएर थोपरिएको शिक्षा नामको दीक्षाले किसानीलाई हेला मात्र गर्न सिकायो । अहिले समाजमा सबैभन्दा अपहेलित कोही छ भने तिनै किसान छन्, जसले रातदिन खेतबारीमा काम गरेर हाम्रो खानाको बन्दोबस्त मिलाउँछन् । किसानको प्रकृतिसम्मत विवेक र चेतनाको जग भत्काउँदै सुरु गरिएको औद्योगिक कृषि विकास अहिले देखिएका सबै संकटको मुख्य कारक बनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
