धनगढी भदौ ४
टोटनहम हटस्पर लेसेस्टर सिटीसँग बराबरीमा रोकिएको छ।
इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा टोटनहम र लेसेस्टर सिटीले १-१ गोलको बराबरी खेलेका हुन्।
किङ पावर स्टेडियममा २९ मिनेटमा टोटनहमले सुरूवाती अग्रता लिएको थियो।
जेम्म म्याडिसनको पासमा पेड्रो पोरोले गोल गरेपछि पहिलो हाफमा टोटनहम १-० गोलले अग्रता लिएको थियो।
दोस्रो हाफको ५७ औं मिनेटमा लेसेस्टर सिटीले बराबरी गोल फर्काएको थियो।
अब्दुल फातावुको पासमा जेमी भार्डीले गोले गर्दै घरेलु टिमलाई हारबाट जोगाएका थिए।
त्यसपछि दुवैतर्फबाट गोल हुन नसकेपछि टोटनहम र लेसेस्टर सिटीले अंक बाँडेका हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
