८ गोल भएको खेलमा चेल्सी विजयी

भदौ १०,धनगढी:
इंग्लिस प्रिमियर लिगमा चेल्सीले दोस्रो खेलमा जित निकालेको छ।

पहिलो खेलमा म्यानचेस्टर सिटीसँग पराजित भएको चेल्सीले दोस्रो खेलमा वूल्भ्सविरूद्ध सानदार जित निकालेको हो।

गएराति वूल्भ्सको घरेलु मैदानमा भएको खेलमा कुल ८ गोल हुँदा चेल्सी ६-२ गोलले विजयी भयो।

खेलको दोस्रो मिनेटमै गोल गरेर निकोलस ज्याक्सनले चेल्सीलाई सुरूवाती अग्रता दिलाए।

२७ औं मिनेटमा वूल्भ्सका म्याथ्यु कन्हाले बराबरी गोल फर्काए। ४५ औं मिनेटमा कोल पाल्मरले गोल गरे।

पहिलो हाफको अन्तिम समयमा वूल्भ्सको जोर्गेन स्ट्रान्ड लार्सेनले गोल गर्दा खेल पुनः बराबरीमा पुगेको थियो।

दोस्रो हाफमा चेल्सीले ४ गोल हान्यो। दोस्रो हाफमै नोनी माडुयकले ह्याट्रिक गरे। उनले ४९,५८ र ६३ मिनेटमा गोल गरे।

८० औं मिनेटमा जोए फेलिक्सले गोल गर्दा चेल्सी समग्रमा ६-२ गोलले विजयी भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply