भदौ ११,धनगढी:
चट्याङ लागेर सल्यानमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालीमाटी गाउँपालिका–१, लक्ष्मीपुर सातखोलाका ५६ वर्षीय दलबहादुर कार्की रहेका छन् ।
सल्यान प्रहरीका सोमबार बेलुका कार्की आफ्नै घर नजिकैको गोठमा गएका बेला चट्याङले हानेको थियो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल सल्यानमा लिइएको थियो । त्यहाँ उनलाई डाक्टरले मृत घोषणा गरे ।
कार्की स्थानीय कालीदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक समेत हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
