बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा दुई जना पक्राउ

धनगढी भदौ १३
बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा दुई जना पक्राउ परेका छन्।

रामेछाप घर भई काठमाडौं महानगरपालिका-३२ मा बस्ने २८ वर्षीय गोरे नेवा खड्की र सिन्धुली कमलामाई नगरपालिका-४ का ४२ वर्षीय राजु साही पक्राउ परेका हुन्।

उनीहरूलाई मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले तीन चार दिनअघि पक्राउ गरेर बुधबार सार्वजनिक गरेको हो।

नेवा खड्गीले कोटेश्वरस्थित कमलामाई खाजाघर एण्ड गेष्ट हाउसमा बालबालिकालाई आर्थिक प्रलोभनमा पारेर यौन व्यवसायमा लगाएको सूचना प्राप्त भएको थियो। अनुगमनको क्रममा ५ जना बालिकाहरूलाई यौन व्यवसायमा लगाउने गरेको पाइएको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जानकारी दिए।

‘बालिकालाई सरसफाइका लागि भनेर राखेर जबरजस्ती यौन सम्बन्ध राख्न लगाउने गरेको अनुसन्धानमा खुलेको छ,’ एसपी मिश्रले भने, ‘आफ्नो होटलमा मात्र होइन अन्य ठाउँसम्म पठाउने गरेको पाइएको छ।’

प्रतिव्यक्ति ५ सय रूपैयाँ दिने भनेर ग्राहकहरूसँग जबरजस्ती यौन सम्बन्ध राख्न लगाउने अनुसन्धानमा खुलेको छ। होटल सञ्चालक नेवा खड्गीले भने १५ सय र रातको समयमा ८ हजारसम्म लिने गरेको एसपी मिश्रले जानकारी दिए।

उनीहरूविरूद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply