कास्की र तनहुँमा सबैभन्दा बढी डेंगु सङ्क्रमित

धनगढी, भदौ १४
तनहुँ र कास्की जिल्लामा सबैभन्दा बढी डेंगु सङ्क्रमित देखिएका छन् । देशभर २७ अगस्ट सम्ममा ५ हजार ५८९ जना सङ्क्रमितमध्ये तनहुँमा १ हजार ६७ जना र कास्कीका ५३६ जनामा डेंगु सङ्क्रमित देखिएका हुन् ।

देशभर २३ अगस्टसम्म ५ हजार ११९ जनामा डेंगु सङ्क्रमण भएको थियो । त्यसपछि ४७० जना थपिएर अगस्ट २७ सम्ममा ५ हजार ५८९ जना सङ्क्रमित भएका हुन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार यो तथ्याङ्क माघयताको हो । देशभर ७७ मध्ये हुम्ला र मुस्ताङबाहेक ७५ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको ईडीसीडीले जनाएको छ ।

माघ महिनायता डेंगु सङ्क्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु भएका डेंगु सङ्क्रमितलाई अन्य रोग पनि लागेको ईडीसीडीले उल्लेख गरेको छ ।

डेंगु एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । डेंगु भाइरसबाट सङ्क्रमित लामखुट्टेको टोकाइले सर्दछ । यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने चिकित्सक बताउँछन् ।

एडिस जातको लामखुट्टेले सङ्क्रमित व्यक्तिबाट अर्को व्यक्तिमा डेंगु सार्ने गर्दछ । डेंगुबाट जोगिन लामखुट्टेको टोकाइबाट जोगिनु उत्तम हुने चिकित्सकले सुझाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply