एमबीबीएस प्रवेश परीक्षाको नतिजामा त्रुटि भेटिएपछि विद्यार्थी आन्दोलित

धनगढी, भदौ १७
चिकित्सा शिक्षा आयोगले प्रकाशन गरेको स्नातक तह चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षाको नतिजामा त्रुटि भेटिएको छ । एमबीबीएसलगायतका केही विषयको प्रवेश परीक्षाको नतिजामा त्रुटि भेटिएको हो । आयोगले विद्यार्थीले परीक्षा फाराम भरेर प्राप्त गरेको रोल नम्बरका आधारमा नतिजा निकाल्दा समस्या देखिएको हो ।

नतिजामा कैफियत देखिएको भन्दै विद्यार्थीहरूले सच्याउन मागसहित आन्दोलन नै थालेका छन् । विद्यार्थीहरूले आयोग परिसर तथा माइतीघर मण्डलामा पुगेर प्रदर्शन गरेका हुन् । रोल नम्बरका आधारमा नतिजा प्रकाशन गर्दा त्रुटि भेटिएपछि आयोगले सुधार गरेर अर्को नतिजा प्रकाशन गरेपनि विद्यार्थीहरूले चित्त नबुझाएका हुन् ।

आयोगले भदौ १ गते लिएको एमबीबीएसको परीक्षाको नतिजा भदौ १४ गते प्रकाशन गरेको थियो । जसमा उम्मेदवारहरूको योग्यताक्रम टाईब्रेटको आधारमा गर्नुपर्नेमा रोल्न नम्बरका आधारमा प्रकाशित गरेको हो ।

उम्मेदवारको योग्यताक्रम टाईब्रेट–१ जुलोजी एण्ड बोट्नी, टाईब्रेक–२ क्यामेस्ट्री, टाइब्रेक–३ फिजिक्स, टाइब्रेक–४ मेन्टल एजिलिटी टेस्ट (एमटी) को आधारमा हुनुपर्नेमा प्राविधिक त्रुटिका कारण रोल नम्बरको आधारमा प्रकाशित हुन पुगेको आयोगले जनाएको छ ।

परीक्षार्थीले समान अङ्क प्राप्त गर्दा क्रमशः टाईब्रेटका आधारमा बायोलोजी, केमेस्ट्री, फिजिक्स र म्याटमा प्राप्त अंकका आधारमा हुनुपर्नेमा रोल नम्बरका आधारमा सूची प्रकाशित भएको आयोगको भनाइ छ ।

कुनै धेरै विद्यार्थीले समान अङ्क प्राप्त गरेको खण्डमा टाईब्रेकको आधारमा आएको अंकलाई आधारमा राखेर योग्यताक्रमको मेरिट कायम हुन्छ । उदाहरणका लागि १० जना विद्यार्थीले समान १०० अङ्क प्राप्त गरेमा उनीहरूको योग्यताक्रम टाइब्रेकका आधारमा हुनुपर्छ । तर, रोल नम्बरका आधारमा भएपछि विद्यार्थीहरू आक्रोशित बन्दै आन्दोलन गर्न पुगेका हुन् ।

आयोगका सदस्य सचिव कृष्णप्रसाद काप्रीले रोल नम्बरका आधारमा नतिजा प्रकाशन भएकोमा अब टाइब्रेकको आधारमा सार्वजनिक गरिएको बताए ।

तर विद्यार्थीले उत्तरपुस्तिका र ‘ओएमआर सिट’ सार्वजनिक गर्नुपर्ने माग गरेका छन् । आयोगलाई बुझाएको ज्ञापनपत्रमा रोल नम्बरका आधारमा सार्वजनिक गरिएको नतिजा सच्याएर आएपनि उत्तरपुस्तिका र ओएमआर सिट समेत सार्वजनिक हुनुपर्ने माग पेस गरिएको एक विद्यार्थीले बताए ।

आयोगले गत सार्वजनिक गरेको एमबीबीएस प्रवेश परीक्षाको नतिजा अनुसार सात हजार ८४७ जना भर्ना हुनका लागि योग्य बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply