बझाङमा ९ किलो चरेशसहित एक जना पक्राउ

धनगढी भदौ २२
बझाङमा चरेशसहित एक जना पक्राउ परेका छन्। जिल्लाको बुङगल नगरपालिका–२ रैसेल्लीका ४१ वर्षीय उज्जल जाग्री शुक्रवार चरेशसहित पक्राउ परेका हुन्।

जाग्रीलाई गिरौबाट बुङगल नगरपालिका–४ बिजगडा बजारतर्फ जाँदै गरेको अवस्थामा ९ किलो ४ सय ३९ ग्राम चरेशसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। प्रहरी निरिक्षक किशोर जोशीको कमाण्डमा ५ जनाको प्रहरी टोलीले चेक जाँच गर्दा चरेशसहित जाग्रीलाई नियन्त्रणमा लिएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply