महाकाली नदीमा दाउरा निकाल्ने क्रममा दुई किशोर वेपत्ता

धनगढी भदौ २९
उर्लिदो महाकाली नदीमा दाउरा निकाल्ने क्रममा दुई किशोर वेपत्ता भएका छन । शनिबार दाउरा महाकाली नदीमा दाउरा निकाल्ने क्रममा वेपत्ता भएका दुई मध्ये एक किशोरको फेला परेको छ । भने, अर्का किशोर अझै वेपत्ता भएका छन ।

भीमदत्त नगरपालिका १२ ऐरीका १८ बर्षिया सौरभ नेपालीको शव केही पर दक्षिण झोलुङ्गेपुल क्षेत्रमा फेला परेको छ । भने अर्का किशोर १७ बर्षिया अभि नेपालीको शव अझै फेला परेको छैन । स्थानीय अगुवा अमिर तिरुवाले महाकाली नदीमा स्थानीयहरुले दाउरा निकाल्ने गरेको र शनिबार पनि दाउरा निकाल्न जाने क्रममा बाबु दाजुभाईका छोराहरु अभि र सौरब पनि महाकाली नदीमा दाउरा निकाल्ने क्रममा डुवेर वेपत्ता भएको बताए ।

महाकाली नदीमा वाढी आएसंगै पहाडबाट बगेर आउने दाउरा निकाल्न तटिय क्षेत्रका स्थानीयले जोखिम मोल्दै आएका छन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले वेपत्ता अर्का किशोरको खोजी कार्य भईरहेको जनाएको छ । महाकाली नदी क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरी अहिले खटिएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply