मेयर बालेन शाह इन्द्रजात्रामा उपस्थित नहुने, उपमेयर डंगोलले स्वागत गर्ने

धनगढी असोज १
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह इन्द्रजात्रामा उपस्थित नहुने भएका छन्। मंगलबार भइरहेको इन्द्रजात्रामा मेयर बालेन उपस्थित नहुने उनका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए। आफूले स्नातकोत्तर गरेको बैंगलोर स्थित कलेजको अलुम्नाइ कार्यक्रममा सहभागी हुन गएका उनी त्यहाँ कार्यक्रम ढिला भएकाले इन्द्रजात्रामा उपस्थित हुन नसकेको स्वकीय सचिव शाहले बताए ।

‘भारतमा जारी कार्यक्रम लम्बिएपछि मेयर बालेन आज इन्द्रजात्रामा सहभागी हुन नसक्ने हुनुभएको छ,’ उनले भने, ‘आज बेलुकी पाँच बजेको फ्लाइटमा फर्किने कुरा छ।’

इन्द्रजात्रामा राष्ट्रपति र प्रधानमन्त्री पनि आउँछन्। उनीहरूलाई काठमाडौंका मेयरले स्वागत गर्नुपर्छ। केही समय यता मेयर बालेनले प्रधानमन्त्रीलाई सम्बोधन गरेर विभिन्न विषयमा सामाजिक सञ्जालमार्फत आलोचना गर्दै आएका छन्। नेकपा एमालेकी लुम्बिनी प्रदेशकी सांसदले रेखा शर्माले एउटी बालिकालाई ८ वर्षदेखि बन्दी बनाएर बालश्रममा लगाउँदा पनि कुनै कारबाही नगरेको उल्टै बचाउ गरेको भन्दै उनले प्रधानमन्त्री केपी ओलीलाई आरोप लगाएका छन्। कतिपयले भने यही सन्दर्भलाई लिएर मेयर बालेनले प्रधानमन्त्री आउने कार्यक्रम बहिष्कार गरेको आशंका गरेका छन्।

इन्द्रजात्रामा सहभागी हुने प्रधानमन्त्री ओली र राष्ट्रपति रामचन्द्र पौडेललाई स्वागत गर्नुपर्छ भनेर इन्द्रजात्रामा उपस्थित नभएको हो त भनेर हामीले उनका स्वकीय सचिव शाहलाई सोधेका छौँ।
उनले भने त्यस्तो नभएको बताए।

‘बाहिरबाट जनताले देख्दा त्यस्तो देखिएला कि भन्नेबारे सचिवालयमा छलफल भइरहेको छ। तर त्यस्तो होइन,’ भूपदेवले भने। यस्तै इन्द्रजात्रामा उपस्थित हुने विशिष्ट अतिथिहरूलाई उपमेयर सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लगायतले हनुमानढोकामा स्वागत गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply