मिटर ब्याज विरुद्ध दुइ संगठन बिच ऐतिहासिक एकता

धनगढी असोज २
खेम राज भट्ट
मिटर ब्याजको चर्को ब्याज विरुद्ध फरक ढंगले संघर्ष गरिरहेका दुइ संगठनहरु बिच सिरहामा ऐतिहासिक एकता भएको छ
मिटर ब्याज तथा ठगी विरुद्ध संघर्ष गरिरहेका किसान मजदुर संघर्ष समिति नेपाल र नेपाल मिटर ब्याज विरुद्धको संघर्ष समिति बिचको ऐतिहासिक एकता कोसेढुंगा साबित हुने बताइएको छ

मिटर ब्याज विरुद्ध किसानमजदुर आन्दोलन नेपाल को गठन गरि देशमा बिध्यमान बित्तिय शोषण तथा उत्पीडनको अन्त्य गर्दै किसान र माजदुरको न्याय र हकहितको निम्ति नौलो आन्दोलन को घोषणा गरेकोछ

साथै ऐतिहासिक सफलता पछि २०८१ भाद्र ३० र ३१ गते बसेको प्रथम केन्द्रिय समितिको बैठक महत्त्वपूर्ण निर्णय हरु पारित गरि सप्पन्न भएको छ
शोषण र उत्पीडित सम्पूर्ण आयामहरु ध्वस्त पार्दै न्यायमुलक समाज निर्माण गर्दै अघि बढाउने संघर्ष समितिले जानकारी दिएका छन् साथै आम शोषित तथा उत्पीडित जनसमुदायमा संगठित भइ संघर्ष गर्न समेत समितिले आव्हान गरेको छ

साथै दुइ संगठन बिचको एकतापछि प्रथम केन्द्रिय समितिको बैठक ले अध्यक्ष मा अबधेश कुसवाहा , महासचिव मा मनोजकुमार पासवान र प्रबक्ता मा निर्ग नबिन सहित १ सय ९ जनाको केन्द्रिय समिति गठन भएको छ ।साथै दुइ संगठन बिचको एकतापछिको प्रथम केन्द्रिय समितिको बैठक ले बिधान पारित , बित्तिय शोषण तथा उत्पीडित विरुद्धको आन्दोलन को घोषणा , आम उत्पीडित जनसमुदायमा किसान मजदुर आन्दोलन को झन्डा मुनि संगठित हुन समेत जनसमुदाय मा आव्हान समेत गरेको छ ! कार्यक्रम को स्वागत सिराहा जिल्ला अध्यक्ष रुक्मणि चौधरी ले गर्नुभएको थियो! यहि असोज ४ गते नवलपुको गैडाकाेटमा, लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति, नेपाल लघुवित्तीय शोषण विरुद्ध किसान मजदुर आन्दोलन, नेपाल
चर्को मिटर ब्याजको विरुद्ध मा सशक्त आन्दोलन हुने र ब्यापक जनसमुदाय को सहभागिता रहने समेत आयोजक ले बताएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply