संविधान दिवसको दिन नछुट्ने भए हजार बढी कैदी

धनगढी असोज ३
यो पटकको संविधान दिवसको अवसरमा कैदीहरू नछुट्ने भएका छन्।

असोज ३ गते बिहीबार संविधान दिवसको दिनमा छुट्ने भनिएका एक हजार बढी कैदीहरू रिहा नहुने भएका हुन्।

कारागार व्यवस्थापन विभागका सूचना अधिकारी रामबहादुर सार्कीका अनुसार कैदीहरूको विवरण गृह मन्त्रालयमा पठाइए पनि निर्णय नभएकाले दिवसको दिनमा रिहा नहुने भएका हुन्।

‘कहिले रिहा गर्ने भन्नेबारे आज पनि मन्त्रलायमा छलफल चलिरहेको छ,’ उनले भने।

गृह स्रोतका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले यसबारे निर्णय गर्न अस्वीकार गरेका हुन्।

विगतमा रिगल भनिने योगबहादुर ढकाल छुटेको र त्यस्तै प्रकृतिका प्रतिवादीहरू समेत समावेश गरिएको भन्दै उनले नै यसबारे पुनर्विचार गर्न अनुरोध गरेको स्रोतले जनाएको छ।

‘राष्ट्रपतिले गृहमन्त्रीदेखि कारागार व्यवस्था विभागका पदाधिकारीलाई बोलाएर छलफल गर्नुभएको थियो,’ स्रोतले भन्यो, ‘विगतमा भएजस्तै मानिसहरू छुट्न सक्ने, विभिन्न कुराहरू नमिलेको कारणले विवाद हुनसक्ने भनेर उहाँले हस्ताक्षर गर्न अस्वीकार गर्नुभएको हो।’

संविधान दिवस र जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा आधा सजाय भुक्तानी गरिसकेका र अनुशासित चालचलन भएकाहरूलाई सरकारले रिहा गरिदिने गरेको छ।

विभागले यसअघि गणतन्त्र दिवसको अवसरमा पनि नछोडेकाले एकहजार भन्दा बढीलाई छोड्ने तयारी भएको भन्दै विभागले सूची सार्वजनिक गरेको थियो।

यो पनि पढ्नुहोस्:

संविधान दिवसमा छुट्दैछन् एक हजार बढी कैदीबन्दी (सूची)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply