भारत प्रवास समाज दुनि द्वारा पुरन आउजी को उपचारको लागि आर्थिक सहयोग अभियान सञ्चालन

असोज ५
कञ्चनपुर – अछामी जिल्ला चौरपाटी गाउँपालिका वडा नम्बर ६ दुनी भारत प्रवास समाज ले सेलपाखा स्वर्गीय चौठे आउजी को छोरा पुरन आउजी विगत लामो समय देखि दुईटै मिर्गौला ड्यामेज भएका थिए । उहाँ को उपचारको लागि आर्थिक अवस्था एक्दम कमजोर भएकाले भारत प्रवास समाजले भारतमा भएका विभिन्न व्यक्तिहरु वाट आर्थिक सहयोग अभियान चलाएका छन् ।

सोही रकम उठेकाले र पुरन आउनु को उपचारको लागि भारत प्रवास समाज का अध्यक्ष ले जानकारी पाइसके पछि आफ्नो कार्यसमितिमा छलफल गरी यो अभियान सञ्चालन गरेका थिए र भारत प्रवास समाज ले १ लाख २२ हजार ४ सय ८१ रुपैयाँ पुरन को उपचारको लागि भारत प्रवास समाजका अध्यक्ष सुरज आउजी सचिव केशर साउद कोषाध्यक्ष प्रकाश साउद उपाध्यक्ष शंकर साउद उपाकोषाध्यक्ष रतन साउद को विशेष पलमा उठेको रकम १ लाख२२ हजार ४ सय ८१ रुपैया पीडितकी आमा झुमा देवीआउजी को हातमा हस्तान्तरण गरेका्े समाजका अध्यक्ष ले जानकारी गराए। उहाँ को उपचार सेति अस्पताल मा भैरहेको थियो डक्टर को सल्लाह सुझाव बमोजिम यता उपचार सम्भव न हुने भएकाले थप उपचारको लागि भारत रिफर गरिएको समेत जानकारी दिनु भएको छ । भारत प्रवास समाज दुनिका अध्यक्ष ले जानकारी दिनुभयो।

भारत प्रवास समाज लामो समय देखी गाउँ ठाउँ मा भएको विभिन्न समस्या को बारे मा पहिले देखि सहयोग गर्दै आएको छ। र आगामी दिनमा पनि यसरी नै गरिब पिडित लाई भएका समस्या समाधान गर्ने भारत प्रवास समाज दुनि का अध्यक्षले जानकारी गराए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply