राष्ट्रपति पौडेलले आज सुस्तामा निर्माण भएको झोलुङ्गे पुल उद्घाटन गर्ने

धनगढी असोज १०
निर्माण सम्झौता भएको झन्डै दश वर्षपछि सुस्तामा झोलुङ्गे पुल बनेको छ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नं. ५ मा नेपालकै लामो मानिएको पुलको उद्घाटन गर्न राष्ट्रपति रामचन्द्र पौडेल आज सुस्ता आउँदै छन् ।

राष्ट्रपति पौडेल आज दिउँसो २ बजे हेलिकप्टरबाट सुस्ता आउने कार्यक्रम तय भएको पश्चिम नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी धुर्व्रबहादुर कुँवरले रातोपाटीलाई बताए । उनले सुरक्षा तथा सबै व्यवस्थापन भएको बताए ।

सांसद विनोद चौधरीले पहल उक्त पुल निर्माण भएको हो । पुल निर्माणसँगै आफ्नै वडा कार्यालयमा जान पनि सुस्ताबासी भारतको बाटो भएर जानुपर्ने बाध्यता हटेको छ । नारायणी नदीमा एक हजार पाँच सय ५८ मिटर लामो पुल निर्माण सम्पन्न भएपछि यहाँका बासिन्दा सहज भएको छ ।

२०७० सालमा सम्झौता भएको यो झोलुङ्गे पुल तीन वर्षभित्र निर्माण सम्पन्न भइसक्नुपर्ने थियो । साढे २३ करोडमा त्रिशूली आश्रय जेभी कन्ट्रक्नसले निर्माणको ठेक्का पाएको यो पुल असारमा निर्माण सम्पन्न भएको हो ।

स्थानीय जयसवालका अनुसार २०७४ सालको दोस्रो संविधान सभा निर्वाचनबाट यही क्षेत्रबाट निर्वाचित सांसद देव करण कलवारले पुलको काम अगाडि बढाउन निर्माण कम्पनीलाई दबाब दिनुका साथै सरकारसँग निरन्तर पहल गरेका थिए ।

पछिल्लो दुई वर्षयता पुल निर्माणको कामले गति लिएको हो । यस क्षेत्रबाट निर्वाचित सांसद विनोद चौधरीले पुल समयमै निर्माण सम्पन्न गर्न निर्माण कम्पनी र सरकारसँग निरन्तर समन्वय गर्दै आएका थिए । उनले सहरी विकास मन्त्रालयलाई आवश्यक बजेट निकासाका लागि पहल गर्नुका साथै निर्माण कम्पनीलाई समयमै काम सम्पन्न गर्न ताकेता गरेका थिए ।

नारायणी नदीमा पुल बनेपछि सुस्ता पारी पहिलो पटक बिजुली पुगेको छ । करिब ३५० घरधुरी रहेको सुस्ता पारी पुलकै बाटो भएर बिजुली लगिएको हो । झोलुङ्गे पुलको भार व्यवस्थापन र विद्युतीय सुरक्षाको मापदण्ड पूर्ण रूपमा पालना हुने गरी दायाँ–बायाँबाट ११ केभी लाइन निर्माण गरी सुस्तामा विद्युत् आइएको हो ।

सांसद चौधरीले निर्वाचित भए लगत्तै विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसँग सुस्तामा विद्यतुीकरणका लागि पहल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply