धनगढी असोज १०
कैलालीको विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
जिल्लाको बिभिन्न स्थान धनगढी उपमहानगरपालिका–१ एलएनचोक, धनगढी उपमहानगरपालिका–३ मिलनचोक, धनगढी उपमहानगरपालिका–१२ “ए” गाँउ र गोदावरी नगरपालिका–४ हनुमान मन्दिर नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी २ लाख ४३ हजार ५० मूल्य बराबरको सामान बरामद गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।
उक्त स्थानबाट प्याज, चिनी, पस्ता, साबुन, बिडी, किरानाका सामान, सुर्ती, लेहेङ्गा, कुर्ती, जेन्स कुर्ता पाईजा लगायतका सामान सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलालीबाट संयुक्त खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको बताएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1