बझाङको बालुवाटारमा पहिरो, सडक अवरुद्ध

धनगढी असोज ११
अविरल वर्षाका कारण बझाङको छबिस पाथीभरा गाउँपालिका वडा नम्बर–१ मा पहिरो गएको छ ।

बालुवाटार भन्ने ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी श्यामकृष्ण अधिकारीले रातोपाटीलाई बताए ।

पहिरोका कारण मानवीय क्षति भएको छैन । स्थानीय निकायसँग समन्वय गरेर पहिरो पन्छाउने काम भइरहेको अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply