चीनको ग्वाङझाउबाट काठमाडौँ आउँदै गरेको विमान भारतीय आकाशमै ‘होल्ड’

धनगढी असोज ११
चीनको ग्वाङझाउबाट काठमाडौँ आउँदै गरेको विमान भारतीय आकाशमै ‘होल्ड’ भएको छ । खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि अनुकूल नहुँदा चाइना साउदर्न एयरलाइन्सको विमान सर्लाहीको नजिकै पर्ने भारतीय क्षेत्रमा ‘होल्ड’ भएको हो ।

अर्कोतिर बैंककबाट काठमाडौँ आउँदै गरेको थाइ एयरवेजको विमान पनि बारा जिल्लातिर ‘होल्ड’ भएको छ । उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको तयारी भए पनि ‘मिस एप्रोच’ भएर फर्किएको हो ।

यस्तै, भारतको नयाँ दिल्लीबाट काठमाडौँ आउँदै गरेको इन्डिगो एयरलाइन्सको विमान पनि बाराकै आकाशमा लामो समयदेखि ‘होल्ड’ भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply