कोशी प्रदेश सरकारले आगामी वर्ष २०८२ साललाई ‘पर्यटन वर्ष’ घोषणा

धनगढी असोज ११
कोशी प्रदेश सरकारले आगामी वर्ष २०८२ साललाई ‘पर्यटन वर्ष’ घोषणा गरेको छ । सेप्टेम्बर २७ अर्थात विश्व पर्यटन दिवसको अवसरमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ घोषणा गरेका हुन् । ‘रमणीय कोशी’ भन्ने नाराका साथ आगामी वर्ष २०८२ लाई कोशी पर्यटन वर्ष घोषणा गरेको हो । पर्यटन वर्षका लागि सरकारले ८२ का लागि ८२ पर्यटकीय गन्त्व्यको सूची पनि तयार गरेको छ ।

नेपालकै होचो क्षेत्र झापाको केचनाकबलदेखि विश्वको सर्वोच्च शिखर सगरमाथा कोशी प्रदेशमा पर्छ । विश्वका १० अग्ला हिमालमध्ये ५ वटा हिमाल पनि कोशी प्रदेशमै छन् । मुख्यमन्त्री कार्कीले चालु आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममा ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ लाई प्राथमिकतामा राखेका थिए । सरकारले पर्यटन वर्षका लागि १० करोड बजेट विनियोजन गरेको छ ।

पर्यटन पूर्वाधार र अन्य पर्यटन सम्बन्धी शीर्षकमा एक अर्ब सात करोड बजेट विनियोजन भएको पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले जानकारी दिए । ८२ सालका लागि ८२ स्थान छनोट गरिएको उनले बताए । पर्यटन वर्षका लागि भारती नाकाबाट प्रवेश गर्ने पर्यटनको सवारीमा स्टिकर टास्ने र स्टिकर टासेपछि सडकमा यात्रामा थप चेकजाँच नगर्ने सरकारको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply