न्यायपरिषदद्वारा सर्वोच्चका दुई न्यायाधीश सिफारिश, चौध न्यायाधीशको सरुवा

धनगढी असोज ११
न्यायपरिषद्ले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि सिफारिश गरेको छ । शुक्रबार (११ असोज) बसेको न्यायपरिषद्को बैठकले सर्वोच्चमा दुई न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो ।

उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेलाई न्यायपरिषद्ले सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको छ ।

सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका पाण्डे गृहमन्त्री रमेश लेखकका साढुभाइ हुन् । उनी उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश थिए ।

नेपाल बार एशोसिएशनले न्याय परिषद् नियमावलीको संशोधन गैरसंवैधानिक रहेको भन्दै उक्त संशोधन खारेज नगरी न्यायाधीश नियुक्ति प्रक्रिया अगाडि नबढाउन दबाब दिँदै विरोध गरिरहेका बेला परिषदले न्यायाधीश सिफारिश गरेको छ ।

यस्तै, परिषदको शुक्रबारकै बैठकले उच्च अदालतका चौध जना न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply