धनगढी असोज १४
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा पहिरोमा पुरिएर मृत्यु भएकामध्ये दुई जना किशोर खेलाडीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
अनुपम घलान, साइमन योन्जन र विकल रेग्मीको पार्थिव शरीरलाई हेलिकप्टरमार्फत् गृह जिल्ला मकवानपुर पठाइएको छ भने आदित्य बलम्पाखीको पार्थिव शरीरलाई हेलिकप्टरमार्फत् लालबन्दी १७ रानिगन्ज सर्लाहीमा पठाउने तयारी गरिएको छ। दिवस बानियाँ र प्रियंस आचार्यको भने पशुपतिमा अन्त्येष्टि गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।
गत शनिबार पहिरोमा पुरिएर ज्यान गुमाएका खेलाडी अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीको प्रशिक्षण लिनुका साथै स्थानीय वत्सलादेवी माविमा अध्ययन गरिरहेका थिए। एकेडेमीबाट सुरक्षित स्थानमा जाने क्रममा शनिबार खेलाडीहरू बाटोमै पहिरोमा परेका थिए।
खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपालकाे झण्डा अनि एन्फा अध्यक्षको एन्फाकाे झण्डा ओडाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए।