११४.७० अंकले बढ्यो सेयर बजार, ७ अर्ब ६१ करोडको कारोबार

धनगढी असोज १५
मंगलबार सेयर बजार भारी अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा एकै दिन ११४.७० अंक अर्थात् ४.५७ प्रतिशतले बजार बढेको हो । कारोबार रकम पनि दोब्बर बढेको छ ।

अघिल्लो दिन जम्मा ३ अर्ब ७१ करोडको कारोबार भएकोमा आज ७ अर्ब ६१ करोडको भयो । २४३ कम्पनीको मूल्य बढ्दा एउटाको घट्यो भने एउटाको स्थिर रह्यो । सबै क्षेत्रका सूचक बढेका छन् ।

बैंकिङ ३.८२, विकास बैंक ५.४८, फाइनान्स ९.७४, होटल तथा पर्यटन ५.९७, हाइड्रोपावर ५.९८, लगानी ६.१०, जीवन बीमा ४.१२, उत्पादन २.१९, माइक्रोफाइनान्स ३.९८, निर्जीवन बीमा ३.०९, अन्य ४.६७ र व्यापार ३.९९ प्रतिशत बढे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply