संविधानप्रदत्त अधिकारबाट वञ्चित भएको दलित समुदायको गुनासो

धनगढी असोज १८
दलित समुदायका अगुवाहरूले संविधानप्रदत्त अधिकारबाट आफूहरू वञ्चित भएको गुनासो गर्दै त्यसको कार्यान्वयन हुनुपर्ने माग गरेका छन्। शुक्लाफाँटा नगरपालिका–१० झलारीमा राष्ट्रिय हलिया मुक्ति समाजले बिहीबार आयोजना गरेको एक कार्यक्रममा उनीहरूले उक्त अधिकार कार्यान्वयनका निम्ति सरकारलाई दबाब दिनुपर्ने बताए।

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हीरासिंह सार्कीले दलित समुदायलाई सशक्तीकरण गर्न योजनाबद्ध रूपमा कार्यक्रम सञ्चालन गरिने बताए। मन्त्रालयका तर्फबाट दलित लक्षित कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply