कञ्चनपुरबाट ६ लाख बढीका भन्सार छलीका सामान बरामद

धनगढी असोज १८
कञ्चनपुरबाट ६ लाख बढीका भन्सार छलीका सामान बरामद गरिएको छ।

सुदूूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलालीले २ लाख २४ हजार ४०,जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले २ लाख ६१ हजार ६ सय र इलाका प्रहरी कार्यालय गड्डाचौकीले २ लाख ४ हजार ७७२ गरि करिब ६ लाख ९० हजार ४१२ मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको हो।

उक्त मूल्य बराबरको चप्पल, जुत्ता,रेकर्डफायल, बेल्ड, पर्स, चिनी, मिश्री, बिडी, चुरा, कुर्ता, खेलौना, गाडीका स्टिकर र गाडीको स्प्रे लगायतका सामान नियन्त्रण्मा लिइ थप कारवाहीको लागि गड्डाचौकी भन्सार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply