२१ असोज धनगढी
नेकपा (एकीकृत समाजवादी) ले मधेस प्रदेश कमिटीको अधिवेशन आगामी पुस ६ र ७ गते गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको सो पार्टीको मधेस प्रदेश कमिटीको पदाधिकारीसहितको विस्तारित बैठकले आगामी पुस ६ र ७ गते मधेस प्रदेश अधिवेशन गर्ने निर्णय गरेको प्रदेश अध्यक्ष रामचन्द्र यादवले जानकारी दिए ।
एकीकृत समाजवादीले मङ्सिर महिनाभित्र प्रदेश तथा चैतभित्र जिल्ला अधिवेशनहरू सम्पन्न गर्ने निर्णय गरेपनि उक्त निर्णयविपरित मधेस प्रदेशको अधिवेशन पुसमा तय गरेको हो ।
यस्तै कोशी प्रदेशको अधिवेशन मङ्सिर १६ र १७ गते गर्ने तय भएको छ ।
बाँकी पाँच प्रदेश बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको अधिवेशनपनि क्रमशः तोकिने उपमहासचिव तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय कार्यालय सचिव रामकुमार भट्टराईले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1