कञ्चनपुरमा ४ जना जुवाडे पक्राउ

२३असोज धनगढी
कञ्चनपुरमा ४ जना जुवाडे पक्राउ परेका छन्।

भीमदत्त नगरपालिका–१८ गोबरैयामा दिपेन्द्र चन्दले संचालन गरेको प्रयास रेष्टुरेन्टको कोठा भित्र जुवातास खेलिरहेको अवस्थामा भीमदत्त नगरपालिका–१८ बस्ने २२ वर्षीय सम्राट चन्दसहित ४ जना जुवाडे मंगलवार पक्राउ परेका हुन्। उनीहरुलाई १२ हजार ८३० नगद र १ गड्डी ताससहित जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जानाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply