नेकपा एमालेको च्यासलमा सचिवालय बैठक बस्दै

२४ असोज धनगढी
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सचिवालय बैठक बोलाएका छन् । बैठक बिहीबार पौने १२ बजे पार्टी कार्यालय च्यासलमा बस्नेगरी बोलाइएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

गौतमका अनुसार बैठकमा छलफलका धेरै एजेन्डा तय नभए पनि दसैँको सामान्य शुभकामना आदानप्रदानका साथै बाढी पहिरोमा पार्टी र सरकारले खेलेको भूमिकाबारे छलफल हुनेछ । यसअघि प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली अमेरिका भ्रमणबाट फर्केपछि पार्टी कार्यालय डुबान भएकाले बसेरा होटेलमा सचिवालय बैठक बसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply