दशैंमा सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्र कैलालीको धनगढी सुनसान

२६ असोज धनगढी
सुदूरपश्चिम प्रदेशको प्रमुख व्यापारिक केन्द्र कैलालीको धनगढी सुनसान बन्न पुगेको छ।

दशैं मनाउन अधिकांश नागरिक पुख्र्यौली घर पहाड गएपछि धनगढी लगातका सहर सुनसान बनेका छन्। रोजगारी, व्यापार र विभिन्न कामको शिलशिलामा धनगढी बस्दै आएका नागरिक दशैं मनाउन आफ्नो गाउँघरतर्फ गएपछि धनगढी बजार सुनसान बन्न पुगेको हो।

अरु समयमा सडकमा अटोरिक्सा र सवारीसाधनको बाक्लो चाप देखिने धनगढी बजारमा आज अटो समेत फाटफुट रुपमा मात्र चलेका छन्। पसलहरु पनि फाटफुट रुपमा मात्रै खुलेका छन्। धनगढी उपमहानगरपालिकाका अनुसार धनगढीमा दुई लाख चार हजार ७८८ जना स्थायी रुपमा बस्दैआएका छन्। विभिन्न रोजगारीसहित कामको सिलसिलामा धेरै नागरिक धनगढीमा बस्ने गरेका छन्।

स्थायी र अस्थायी रुपमा धनगढी बस्दै आएका धेरैजसो नागरिक दशैं मनाउन यतिबेला आ–आफ्नो गाउँघरतिर गएका छन्। निकै भीड हुने सेती प्रादेशिक अस्पतालमा समेत बिरामी र कुरुवाको संख्या निकै न्युन देखिएको छ। धनगढीमा पहाडी जिल्ला र कैलाली, कञ्चनपुरको ग्रामीण क्षेत्रका नागरिक बस्ने गरेका छन्।

चाडपर्व मनाउन धेरैजसो मानिस आ–आफ्नो गाउँघरतर्फ फर्केपछि गाउँघरतिर चहलपहल बढेको छ भने धनगढीलगायतका सहर सुनसान बन्न पुगेका छन्। धनगढीबाट लामो तथा छोटो दुरीका सवारीसाधन फाटफुट रुपमा मात्र चलेका छन्। सडकमा मोटरसाइकल सबैभन्दा बढी चल्ने गरेकोमा शुक्रबारदेखि नै सो संख्यामा समेत निकै कमी आएको छ।

उता अत्तरिया, टीकापुर र कञ्चनपुरको महेन्द्रनगर लगायत मुख्य बजार क्षेत्र समेत सुनसान बन्न पुगेका छन्। दशैं मनाउन सहरी क्षेत्रबाट हुँलकाहुँल मानिसहरु गाउँतिर गएपछि यतिबेला सडक तथा चोकहरु समेत सुनसान देखिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply